२५ असार २०७३, शनिबार

इन्डोनेशियामा केही दिनदेखि परेको ट्राफिक जाममा फसेका १२ जनाको मृत्यु भएको छ ।  पानीको कमी तथा थकानका कारण उनीहरुको मृत्यु भएको हो ।
इन्डोनेशिया ट्राफिक विभागका अधिकारीका अनुसार तीन दिनमा जाममा फसेका १२ को मृत्यु भएको हो । इन्डोनेशियाको जावा द्वीपमा रमजान महिनाको अन्त्यमा छुट्टी मनाउन निस्किएका मानिसको संख्या धेरै भएका कारण एउटै ट्राफिक सिग्नलमा सावरी साधनको जाममा लाखौं मानिस फसेका हुन् । इन्डोनेशियाका सञ्चारमाध्यमहरुका अनुसार मृत्यु हुनेमा बृद्धबृद्धाको संख्या बढी छ । एक बालिकाको मृत्यु भने सवारीसाधनबाट निस्केको विषाक्त ग्यासका कारण भएको बीबीसीले जनाएको छ । जाभा द्विपमा गएको एक सातादेखि ट्राफिक जाम छ । २१ किलोमिटर भन्दा लामो जाम परेकाले बाटो खुलाउन समस्या भएको त्यहाँका अधिकारीले बताएका छन् ।

LIVE TV