
व्यवस्थापिका–संसद्को आजको बैठकले विनियोजन विधेयक, २०७३ अन्तर्गत विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्न सांसद प्रेम सुवालले गर्नुभएको प्रस्ताव बहुमतले अस्वीकृत ग¥यो ।
त्यसैगरी सांसद अनुराधा थापा मगरले पनि विभिन्न मन्त्रालयका निम्ति विनियोजित रकम कटौती गर्नुभएको प्रस्ताव पनि बहुमतले अस्वीकृत ग¥यो ।
त्यसअघि सभामुख ओनसरी घर्तीले सांसदद्वयलाई खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गर्नुभएको थियो ।
दुवै सांसदले प्रस्ताव फिर्ता नलिने जानकारी सदनलाई गराएपछि ध्वनि मतका आधारमा ती प्रस्ताव अस्वीकृत भएका हुन् । रासस