
झापाको मंगलबारे पाराबारी गाउँमा मन कुमार योङहाङको घरमा गाईले दुइटा टाउको भएको बाच्छा जन्माएको छ । योङहाङले मेरो घरमा गाईले दुइटा टाउको भएको बाच्छा जन्मायो भन्दै सामाजिक सञ्जाल फेसबुकमा दुइटा टाउको भएको गाईको बाच्छाको फोटो केहि घण्टा अगाडी अपडेट गरेका छन् ।
गाइको बाच्छालाइ अबिर र फुल चढाएर गाउँलेले पुजा गरेका छन् बाच्छाको जिउ भन्दा टाउको ठुलो देखिएको छ । हिन्दु परम्परा अनुसार गाईलाई लक्ष्मीको रुपमा पुज्ने चलन छ ।