
अभिनेता ऋतिक रोशनको पुर्वपत्नी सुजैन खानको बिरुद्धमा ८ जुलाईमा १५ करोड हर्जनाको माग गर्दै मानहानीको मुद्धा दायर भएको छ । एक रीयल स्टेट कम्पनिको म्यानेजिङ पार्टनर मुदित गुप्ताले अपमानजनक र कथित बयानलाई लिएर सुजैनको बिरुद्धमा मुद्धा दायर गरेका हुन् ।
मुदित गुप्ताका वकिल रंजीत शेट्टिले बताए अनुसार एम्गी प्रोपर्टिज पार्टनर मुदित गुप्ताले गोवाको सिनीयर सिभील डिभिजन कोर्टमा सुजैनको बिरुद्धमा मुद्धा दर्ता गरेका छन् । अदालतले पनि जुलाईको २० तारीखमा उक्त मुद्धाको सुनुवाई गर्ने तय गरेको छ ।
एम्गी पोपर्टिजले यो भन्दा पहिले पणजी पुलिसको सामु सुजैनको कथित बयानको बिरुद्धमा १.८७ करोडको भारुको उजुरी दर्ता भगरेको थियो । अहिले सुजैन खानले पनि मुम्बईको हाइकोर्ट र गोवाको एफआईआरको बिचमा चुनौती दिदै छिन् ।