२३ असार २०७३, बिहीबार

दक्षिणी फिलिपिनी प्रान्त सुलुमा बिहीबार फिलिपिन्स सैनिक र अबु सेयाफ आतङ्ककारीबीच भएको दोहोरो गोली हानाहानको क्रममा अबु सेयाफका नौ सदस्य मारिएका छन् ।

यस झडपमा परी अन्य १३ जना अबु सेयाफ आतङ्ककारी घाइते भएका स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।

पश्चिमी मिन्दानाओ प्रान्तका सैनिक कमाण्डर फिलेमोन तान ले पाटिकुल सहरमा भएको सैनिक कारबाहीमा १३० जना अबु सेयाफ समूहका सदस्य पक्राउ परेका छन् । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
LIVE TV