२३ असार २०७३, बिहीबार

कम्युनिस्ट न्युक्लियस नेपालले महँगी, भ्रष्टाचार र कालोबजारी अन्त्य गर्न माग गरेको छ । सो पार्टीले यहाँ आज पत्रकार सम्मेलन गरी यही असार १८ देखि २१ गतेसम्म काठमाडौँमा सम्पन्न बैठकका निणर्य सार्वजनिक गर्दै राष्ट्रियताका लागि सम्पूर्ण नेपालीबीच एकजुट हुनुपर्नेमा जोड समेत दिएको हो ।

कम्युनिस्ट न्युक्लियस नेपाल र नेपाल कम्युष्टि पार्टी माओवादी ९क्रान्तिकारी० बीच असार २ गते भएको एकतापछिको बैठकले दुई सदस्यपछि थप्ने गरी हेमन्त प्रकाश ओलीको संयोजकत्वमा १९ सदस्यीय केन्द्रीय समिति र सात सदस्यीय सचिवालय गठन गरेको छ ।

त्यसैगरी बैठकले सङ्गठन विभाग प्रमुख, अञ्चल इन्चार्जलगायत विभिन्न विभाग प्रमुख र जनवर्गीय सङ्गठनका इन्चार्ज पनि तोकेको छ ।

संयोजक ओलीले मुलुकको समग्र विकासका लागि देशमा रहेका सबै कम्युनिस्ट पार्टी, समूह र व्यक्तिबीच सहकार्य, संयुक्त मोर्चा र एकता गर्नुपर्नेमा जोड दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV