२३ असार २०७३, बिहीबार


रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवा पीएसबी. मोडलमा लैजान सार्वजनिक प्रसारण नेपाल सम्वन्धी विधेयक २०७३ तयार भएको छ । कानूनविद् काशीराज दाहालको नेतृत्वमा वनेको समितिले उक्त विधेयक निर्माण गरेको हो ।
विहीवार कानूनविद् दाहाल नेतृत्वको समितिले तयार पारेको विधेयकमाथि काठमाण्डौमा आयोजित अन्तत्र्रिmयामा विज्ञहरुले विधेयकलाई केही परिमार्जन गरी चाँडो पास गरिनुपर्ने सुझाव दिएका छन । रेडियो नेपाल र नेपाल टेलिभिजनको सेवालाई अझै जनतामाझ लोकप्रिय बनाई धेरैभन्दा धेरै जनताको आवाज समेटने उद्येश्यले पीएसबी मोडलको परिकल्पना गरिएको हो । यो विधेयकलाई यथासक्य चाँडो पास गराएर लागू गर्ने सञ्चारमन्त्री शेरधन राईले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
अव उक्त विधेयक आवश्यक छलफलका लागि मन्त्रीपरिषदमा पेश गरिनेछ । त्यहाँ व्यापक छलफल भएपछि व्यवस्थापिका संसदको समितिमा जाने छ । संसदीय समितिमा पुनः छलफल भई उक्त विधेयक पारित भई लागु हुने कानूनी प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV