२३ असार २०७३, बिहीबार


न सूचना प्रणाली छ, न व्यवस्थित सडक । दैनिक मुग्लिन सडक खण्ड पार गर्दाको क्षण सवारी चालकहरुको लागि साँढे सातको दशा पार गरेजस्तै हुन्छ । त्रिशुलीको वाढी, भीरवाट खसेको ढुङ्गा र निरन्तर गैरहेको पहिरो । तै पनि जोखिममा अनेक जिन्दगीहरु कुदाइरहेका हुन्छन् सवारी चालकहरु ।
वेचन यादवकै जस्ता अनेक अनुभव छन् यहाँ जुन पीडा र गुनासोको रुपमा पहिरोजस्तै वग्छन् । वगिरहेका छन् । यहाँ काठमाडौवाट देशका विभिन्न शहरहरुमा पुग्ने सवारी साधनहरुको ताँती छ् । जुन कुनै न कुनै समय पूथ्वी राजमार्ग अन्तर्गतको मुग्लिन सडक खण्ड पार गर्नै पर्छ । ढुंगा खस्ने, पहिरो जाने गरेर सवारी साधनमा क्षति मात्र प्ुगेको छैन, त्यसैमा परिने भयले सवारी चालकहरु चिन्तामा हुन्छन् ।
दिवा सेवामा गुड्ने सवारी साधनहरुका लागि कठिनाई तुलनात्मक रुपमा कम होला । तर रात्री सेवाको वसहरुका लागि भने मुग्लिन सडक खण्ड टाउको दुखाईको विषय बन्छ । न सूचना दिने केही निकाय छन् ? न त व्यवस्थित सडक नै । चालकहरु स्वयम् संवेदनशील बन्नु पर्दछ ।
यो सडक खण्डको निर्माणमा प्राविधिक दक्षताको अभाव रहेको कारण पहिरो गैरहेको विज्ञहरु बताउँछन् । भूसतह र भुगर्भको पर्याप्त अध्ययन नगरी गरिने विकासले निम्त्याएको परिणामको रुपमा लिदै दीर्घकालीन सोंचका साथ गर्नु पर्ने पहिरो विदहरु बताउँछन् ।
पछिल्लो पटक मुग्लिन नारायण सडक खण्डको ३४ किलोमिटर खण्डलाई चार लेनको बनाउने प्रयासले निम्त्याएको संकट हो यो । भिरपाखा र भित्ता पनि वर्षा लाग्ने समयमा नै कोतर्नु पर्ने नेपाली बानीले अहिले ठूलो संख्यामा यात्रुहरुको हरिविजोग बन्दै आएको छ । अब मुलुक मध्य वर्खा तर्फ प्रवेश गर्दैछ त्यसैले यहाँ यात्रुहरुले थप कष्ट भोग्नु पर्ने पक्का छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV