२३ असार २०७३, बिहीबार


इतिहास गर्विलो छ जर्मनीको तर आफ्नै मैदानमा सुसज्जित टोली छ फ्रान्ससंग । यी दुई टोलीको भिडन्त युरो कप फुटबलको इतिहासमा नै अविश्मरणीय हुने निश्चित छ । फ्रान्स विश्व विजेता जर्मनीसंग पछिल्लो विश्वकपको क्वाटरफाइनलमा भोगेको पराजयको बदला लिन आतुर रहदा जर्मनी फ्रान्सको घमण्ड उस्कै मैदानमा तोड्न ब्याकुल छ ।
फ्रान्स युरोकप २०१६ अन्तरगत आज आज अन्तिम सेमिफाईनलका खेल हुदैछ । आज हुने खेलमा आयोजक फ्रान्सले विश्व विजेता जर्मनीसग फाईनल प्रवेशका लागि भिड्दैछ । यी दुईको खेल नेपाली समय अनुसार रातिको पौने एक बजे भेलेड्रोम स्टेडियममा हुनेछ । आयोजक फ्रान्स जारी प्रतियोगितामा रहेको औसत प्रर्दशनलाई विहीबार थप निखार्ने तरखरमा रहेको छ । यस अघि फ्रान्सले क्वार्टरफाइनलमा कमजोर मानिएको आइसल्यान्डलाई पराजित गर्दै सन् २००० पछि अन्तिम ४ मा स्थान पक्का गरेको हो । जर्मनी पनि आजको खेलमा जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ । जर्मनी आजको खेलमा डिफेन्डर म्याट् हुमेल्स र घाईते भएका सामी खेडिरा र मारियो गोमेज विना नै मैदानमा उत्रदैछ । जसको फाईदा आयोजक फ्रान्सले लिन सक्ने सम्भावना प्रवल छ । इटालीजस्तो बलियो प्रतिद्वन्द्धीलाई क्वाटरफाइनलमै पन्छाएको विश्व विजेता जर्मनी सर्वाधिक चार पटक युरो च्याम्पियन बन्ने दाउमा छ । बाह्रौं पटक युरोकप खेल्दै गरेको जर्मनीले यसअघि तीन पटक युरो कपको उपाधि उचालिसकेको छ । सबैभन्दा धेरै ११ वटा युरोकपमा सहभागिता जनाइसकेको उसले सन् १९७२, १९८० र १९९६ मा युरोकपको उपाधि जितेको थियो । सन् १९८४ र २००० को युरो कप विजेता फ्रान्स यो पटकसहित ५ पटक समिफाइनल खेल्दैछ ।  युरोकप फुटबलको सेफिाईनलमा जर्मनी र फ्रान्स पहिलो पटक आमने सामने हुन लागेका हुन् । तर कुनै पनि ठुलो प्रतियोगितामा यसअघि दुई राष्ट्र पाँचौ पटक भिडिसकेका छन् । अन्तिम पटकको भेटमा फ्रान्सले जर्मनीलाई दुई शुन्यले हराएको थियो । आजको खेलमा जित निकाल्ने टिमले उपाधिका लागि वेल्सको रफ्तार रोकेको पोर्चुगलसग खेल्नेछ ।

LIVE TV