
देशकै सर्वाधिक पुरस्कार राशिको ‘चौधौँ धर्मश्री शारीरिक सुगठन प्रतियोगिता–२०७३’ असोज १३ र १४ गते यहाँ हुने भएको छ ।
यस वर्षको प्रतियोगिता रु ३४ लाखभन्दा बढी पुरस्कार राशिको हुने यहाँ आज आयोजित पत्रकार सम्मेलनमा आयोजक नेपाल व्यायाम मन्दिर, ज्याठाले जनाएको छ । सहिद धर्मभक्त माथेमाका स्मृतिमा विसं २०४२ देखि सुरु भएको सो प्रतियोगितामा यस वर्ष करिब ४०० खेलाडीले सहभागिता जनाउनेछन् । तीमध्ये प्रत्येक तौल समूहबाट समान दुई खेलाडी छनोट प्रतियोगिताबाट आउनेछन् ।
राष्ट्रव्यापी खुला रुपमा सञ्चालन हुने प्रतियागितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० केजीभन्दा बढी गरी सात तौल समूहमा स्पर्धा हुनेछ जसमध्ये ‘ओभर–अल’ रुपमा धर्मश्री विजेताले रु पाँच लाख प्राप्त गर्नेछन् । त्यस्तै दोस्राले रु दुई लाख, तेस्राले रु एक लाख, चौथाले रु ८० हजार, पाँचाँैले रु ७५ हजार, छैटौँले रु ६० हजार र सातौँले रु ५० हजार पाउनेछन् । त्यसैगरी तौल समूहमा दोस्रो हुने सात जनाले जनही रु २० हजारका दरले रु एक लाख ४० हजार तथा तेस्रो हुने सात जनाले जनही रु १५ हजारका दरले रु एक लाख पाँच हजार हात पार्नेछन् । तौल समूहको पुरस्कार अझै बढ्न सक्ने बताइएको छ ।
व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले अर्को वर्षदेखि प्रतियोगितामा ‘बडी फिटनेस’, क्लासिक फिजिक, वुमन बडी फिटनेस जस्ता विधा समेटेर अन्तर्राष्ट्रियस्तरमा पु¥याइने आफूहरुको लक्ष्य रहेको बताउनुभयो ।
रत्नजित युएस ओपनको अन्तिम १६ मा
‘नेपाल नम्बर एक’ रत्नजित तामाङ अमेरिकाको क्यालिफोर्नियामा जारी योनेक्स युएस ओपन ग्रापी ब्याडमिन्टन च्याम्पियनसिपको पुरुष एकलतर्फ प्रि–क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
भर्खरै सम्पन्न दोस्रो चरणको खेलमा ग्वाटेमालाका खेलाडीलाई १८–२१, २१–१५ र २१–८ को सेटमा पराजित गर्दै उनी प्रि–क्वाटरफाइनलमा स्थान सुरक्षित गरेका हुन् । पहिलो चरणमा रत्नजितले जापानी खेलाडीबाट वाकओभर पाएका थिए ।
प्रि–क्वाटरफाइनल प्रवेश गरेसँगै रत्नजितले कम्तीमा ७५० अमेरिकी डलर पुरस्कार पक्का गरेको नेपाल ब्याडमिन्टन सङ्घका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई उद्धृत गर्दै राष्ट्रिय खेलकुद परिषद् ९राखेप०ले जनाएको छ । अब प्रि–क्वाटरफाइनलमा रत्नजितले इजरायली खेलाडीविरुद्ध प्रतिस्पर्धा गर्नेछन् । उक्त खेल जिते उनले दुई हजार अमेरिकी डलर प्राप्त गर्नेछन् । प्रतियोगिताको कुल पुरस्कार राशि रु लाख २० हजार अमेरिकी डलर छ ।
पुरुष डबल्समा भने नेपाली जोडी पराजित भएको छ । सो स्पर्धामा रत्नजितले नै विकास श्रेष्ठसँग मिलेर प्रतिस्पर्धा गरेका थिए । उनीहरु क्यानडाको जोडीसँग २१–१२ र २३–२१ ले हारे । युएस ओपनमा नेपालले आठ वर्षपछि सहभागिता जनाएको हो ।
मल्पी र रुपिज स्कुलको विजयी सुरुआत
मल्पी इन्टरनेसनल स्कुल र रुपिज इन्टरनेसनल स्कुलले प्रथम बिएमएस अन्तरविद्यालय छात्र बास्केटबल प्रतियोगिताअन्तर्गत विजयी सुरुआत गरेका छन् । यहाँ आज भएको खेलमा मल्पीले आयोजक बौद्ध मेरिडियन स्कुललाई ३९–१४ ले पराजित ग¥यो । विजेताका साहिल छुकेले १४ अङ्क जोडे । चारै क्वाटरमा अग्रता लिएको मल्पीले क्रमशः ११–२, १२–५, १०–२ र ६–६ अङ्क जोड्यो ।
रुपिजले एक्सेल्सियरलाई ३३–२६ ले हरायो । रुपिजका जितमा चाल्र्स लैमले १६ अङ्क योगदान गरे । पहिलो क्वाटरमा १०–५ को अग्रता लिएको रुपिज दोस्रोमा ४–५ ले पछि प¥यो । रुपिजले तेस्रो क्वाटर ११–८ ले आफ्नो पक्षमा पा¥यो भने चौथो तथा अन्तिम क्वाटर ८–८ को बराबरीमा सकियो । प्रतियोगितामा विभिन्न आठ विद्यालयका टोली सहभागी छन् । लिग कम नकआउट आधारमा सञ्चालित प्रतियोगिताको अन्तिम खेल यही असार ३० गते हुनेछ । रासस
–––––––––