२३ असार २०७३, बिहीबार

नेकपा ९एमाले० का नेता माधवकुमार नेपाल सहित उपप्रधानन्त्री एवम उच्च अधिकारीले आज नेपाल–चीन उत्तरी नाका कोरलाको स्थलगत अवलोकन गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्री नेपालसहित उपप्रधानमन्त्री विजयकुमार गच्छदार, भीमबहादुर रावल र टोपबहादुर रायमाझी, अर्थराज्यमन्त्री दामोदर भण्डारी, मुस्ताङका सांसद रोमी गौचन, श्रीमाया थकाली र महेन्द्र शेरचन लगायतले कोरला नाका, लोमन्थाङ लगायत क्षेत्रको स्थलगत अवलोकन गर्नुभएको हो ।

मुस्ताङका प्रजिअ गणेशबहादुर अधिकारीका अनुसार स्थलगत भ्रमणमा उहाँहरूले कोरला नाका सञ्चालनका लागि भन्सार कार्यालय र सुरक्षा निकायका लागि छुट्याइएको जग्गा, भीमदल गण, उच्च शिखर शिक्षालयलगायत स्थानको पनि अवलोकन गरी जानकारी लिनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV