२३ असार २०७३, बिहीबार

sdrggbn

काठमाडौं,पाँचौ म्युजिक खबर म्युजिक अवार्ड २०७३ को टप पाँचमा पर्न सफल श्रष्टा,सिर्जना तथा सर्जकहरुको नाम सार्वजनीक भएको छ । आयोजीक एक कार्यक्रममा २०७३को लागी म्युजिक अवार्डमा छनौट भएका टप पाँच नोमिनीहरुको नाम  घोषणा सँगै प्रमाण पत्र पनि प्रदान गरीयो । विभिन्न ३२ विधामा उत्कृष्ट पाँचको मनोनयनमा परेका सम्पूर्ण स्रष्टा र सिर्जनालाई प्रमाणपत्र प्रदान गरिएको हो । म्यूजिक खबर डटकमको आयोजनामा गरिएको उक्त कार्यक्रममा राष्ट्रिय भावका गीत, पप गीत, लोकदोहोरी, चलचित्र, गजल, आधुनिक गीतसंगीतका विभिन्न १ सय ६५ कला र कलाकारलाई मनोनयनका प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रममा कलाकार,श्रष्टा तथा सर्जकहरुका साथै पत्रकारहरुले आयोजक टोलीलाई साथ दिएका थिए ।  निरन्तर रुपमा हुदै आएको उक्त अवार्डको फाईनल भने यहि असारको ३० गते हुने भएको छ । आयोजक टोलीले यसै कार्यक्रमका बीचमा असार ३० गतेको फाईनल कार्यक्रममा पनि उपस्थित हुन सबै पत्रकारहरुलाइ अनुरोध पनि गरेका छन् ।

LIVE TV