२३ असार २०७३, बिहीबार


विश्व नेपाली साहित्य महासङ्घ दक्षिण बेलायत शाखाले १०३ औँ आदिकवि भानुजयन्ती तथा साहित्य महासङ्घको छैटौँ स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा घन थापा मगर, भगवान चाम्लिङ, सीता पुन, बालकुमारी गुरुङ, शैलेश सापकोटा, विजय हितान, करिष्मा घम लगायतले कविता वाचन गर्नुभएको थियो । त्यस्तै नेपालबाट जानुभएका गायक जितेन राई तथा गायिकाद्वय पार्वती राई र सरला राईलाई सम्मान गरिएको थियो ।

आइतबार भएको कार्यक्रममा साहित्य महासङ्घका केन्द्रीय अध्यक्ष विश्वासदीप तिगेलाले आदिकवि भानुको योगदानबारे बोल्नुभयो ।
भने गायकगायिकाले गीतसङ्गीत र शशाङ्क राईले नृत्य प्रस्तुत गर्नुभएको थियो । आदिकवि भानु जयन्तीकै दिन विसं २०६७ असार २९ मा साहित्य महासङ्घको स्थापना भएको हो । रासस

LIVE TV