२३ असार २०७३, बिहीबार
  • दिपक खतिवडा (पोर्तुगल)

एनआरएनए पोर्तुगलका उपाध्यक्ष सुनिल संगमले मध्य राती आफ्ना केहि साथिहरुको आडमा समाचार बनाएकै भरमा न्युज २४ नेपाल टिभीका युरोप स्थित अन्तरास्ट्रियको-अर्डिनेटर टिभी जर्नालिस्ट गणेश पाण्डेयलाई उनकै काम स्थलमा गएर ज्यान मार्ने धम्कि दिनुका साथै गालि गलौच र दुर्व्यवहार गरेका छन्।
ganesh

१ जुलाईमा गणेश पाण्डेयले लेखेको स्टाटसलाई नेपाल प्लसले समाचारको रुममा सम्प्रेषण गरेको थियो जसमा निज पाण्डेयलाई यसघि सोहि स्थानमा सुनिल संगमका साथीहरुले थर्काएको र दुर्व्यवहार गरेको कुरा छ। पोर्तुगलमा एनआरएनए भित्रको आर्थिक अनियमितताको विवादको बारेमा पनि बहस भएको उल्लेख छ। एनआरएनए पोर्तुगल धेरै नै लामो समयदेखि आर्थिक अनियमितताको विवादमा मुछिएको छ, जुन अहिलेसम्म पनि सम्बोधन हुन सकेको छैन।

पत्रकार पाण्डेयले लेखेको समाचारको भरमा नियतबस ढंगले समुहगत रुपमा आएर गाली बेईज्ज्त गर्नु र ज्यान मार्नेसम्मको धम्की दिनु निकै नै निन्दनीय र युरोपको मानब अधिकार कानुन सम्मत अपराध भएको प्रतक्षदर्शिहरु र नागरिक समाजकोको भनाई छ। कसैलाई उसकै काम गर्ने ठाउमा गई ज्यान मार्ने सम्मको धम्की दिनुले एनआरएन पोर्तुगल भित्रको दादागिरी र गुण्डागीरिलाई छर्लङ्ग परेको छ। एन आर एन ए पोर्तुगल का केहि सदस्यहरु यसघि पनि अरुलाई धम्क्याउने र दादागिरी गर्ने काममा संलग्न भएको समाचारहरु प्रकाशन भएका थिए। उपाध्यक्ष सुनिलसंगै आएका श्याम सुबेदी भन्नेले आफू नेपालमा कैलाली जिल्लाको बासिन्दा भएकोले गणेश पाण्डेयको घर पत्ता लगाई परिवार नै सखाप पारिदिने धम्कि दिएका छन्। सुनिल संगमले पछि फोन गरेर आफ्नो तर्फका थप केटाहरु बोलाई पत्रकार पाण्डेय लाई धम्क्याउन लगाएका थिए।

नियतबस धम्क्याउन र गाली बेज्ज़त गर्न आएको एनआरएनए उपाध्यक्ष संगमको यो कदमलाई न्युज २४ परिवार घोर भत्सना गर्दछ। लेखिएका समाचार र बिचारहरुलाई बहस, खण्डन, समालोचन आदि मार्फत आफ्नो बैचारिक परिचय दिने प्रजातान्त्रिक मूल्य र मान्यता बिपरित र कानुनी बाटो र उपचार खोज्नुको साटो शक्ति प्रदर्शन गर्दै पत्रकारमाथि धाक र ज्यान सम्मको धम्कि दिनु बैचारिक सुन्यता र बर्बरताको पराकाष्टा हो। पत्रकार पाण्डेयमाथि भविष्यमा हुनसक्ने कुनै पनि सांघातिक आक्रमणको जिम्मा एनआरएनए पोर्तुगलका उपाध्यक्ष सुनिल संगमले लिनुसक्नुपर्दछ।पत्रकार पाण्डेय माथि यहि समाचार लेखेकोले धम्की आएको थियो।

प्रतिक्रिया दिनुहोस्
LIVE TV