२३ असार २०७३, बिहीबार

गिनिज बुकमा नाम लेखाएका तथा विश्वकै कान्छा निर्देशकको रुपमा कहलीएका सौगात बिष्टले दोश्रो फिल्म निर्देशन गर्न लागेका छन् । फिल्मको सुटिङ यहि भदौ बाट सुरु हुनेछ भने फिल्मको नाम ‘हैरान’ राखीएको छ ।
निर्देशक बिष्टले लभ यु बाबा फिल्म निर्देशन गरेर कान्छा निर्देशकको रुपमा गीनीज बुकमा नाम लेखाएका थिए । निर्देशक बिष्टले गीनीज बुकमा नाम लेखाए पछि उनको निकै नै चर्चा भएको थियो ।

trjutyij
‘हैरान’ फिल्मलाई डान्स फेभर र एम.के. फिल्मस् प्रालीको ब्यानरमा मुक्ति गुरुङ,मोहन कृष्ण श्रेष्ठ र डा.वाई.एल.लामाले निर्माण गर्दैछन् । त्यस्तै फिल्मको कलाकारहरुमा निश्मा घिमीरे र गजीत बिष्ट भने पक्का भईसकेका छन् । उक्त ‘हैरान’फिल्मको औपचारीक घोषणा भने भोली हुदैछ ।
फिल्म ‘हैरान’एक्शन,क्राईम र थ्रिलर लगाएतका कथाबस्तुमा आधारीत हुनेछ । निर्देशक बिष्टले पहिलो फिल्म लभ यु बाबा भन्दा भिन्दै कथाबस्तुमा निर्माण गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV