२२ असार २०७३, बुधबार

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबीच चाँडै पार्टी एकीकरणको घोषणा गर्ने समझदारी भएको छ । यहाँ आज भएको एक बैठकमा राप्रपाका अध्यक्ष लोकेन्द्रबहादुर चन्द र राप्रपा नेपालका अध्यक्ष कमल थापाबीच राष्ट्रियता र हिन्दूत्वलाई स्वीकार्दै त्यसैलाई नै मिलन बिन्दुको आधार बनाएर अघि बढ्न सहमति भएको हो ।

पार्टीका वैचारिक र नीतिगत विषयलाई आगामी महाधिवेशनबाट टुङ्ग्याउन दुबै पक्ष सकारात्मक भएपछि एकीकरण प्रक्रिया अन्तिम चरणमा पुगेको प्रतिक्रिया राप्रपा नेपालका प्रवक्ता राजाराम श्रेष्ठले दिनुभयो । मुलुकको अन्योलपूर्ण वर्तमान अवस्थामा सशक्त राष्ट्रवादी शक्तिको खाँचो महसुस गरी एकता प्रक्रिया अगाडि बढाइएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV