२२ असार २०७३, बुधबार

afsed

जिल्लाको दक्षिण माडीमा इलाका प्रशासन कार्यालय पुनःस्थापना भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनको शाखा कार्यालयको रुपमा इलाका प्रशासन कार्यालय माडीमा खुलेको हो । २०४९ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय केही वर्ष सञ्चालन भएपछि माओवादी द्वन्द्वका बेला असुरक्षाका कारण बन्द गरिएको थियो ।
आज एक कार्यक्रमका बीच सांसद विक्रम पाण्डेले उक्त कार्यालयको उद्घाटन गर्नुभयो । स्थानीय विजय तिमिल्सिनालाई नागरिकता दिएर कार्यालयले औपचारिक कामको शुभारम्भ गरेको हो ।

चितवन राष्ट्रिय निकुञ्ज कटेर जानुपर्ने दक्षिण चितवनको माडी सदरमुकाम भरतपुरबाट झण्डै ४० किलोमिटर टाढा पर्छ । यहाँ चारवटा गाविसलाई गाभेर गत वर्ष माडी नगरपालिका बनाइएको थियो ।

अहिले एकजना अधिकृतसहित सातजना कर्मचारी खटाइएको प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।

माडी बढी बाढीको प्रकोपबाट आक्रान्त हुने क्षेत्र भएकाले पनि तत्काल प्रकोप न्युनीकरण र व्यवस्थापनमा सहजीकरणका लागि ईलाका प्रशासन कार्यालयले भूमिका खेल्नेमा विश्वास लिइएको सिंहले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV