२२ असार २०७३, बुधबार

सदरमुकामदेखि दक्षिणी भेगमा पर्ने कालिका र मैला गाविसमा एक्कासि परेको अविरल वर्षापछि आएको बाढीले यहाँको चौपाया एवम् घरजग्गामा क्षति पु¥याएको छ ।

कालिका गाविसको लमही काँखे लौठी गाउँमा असार १२ गतेदेखि निरन्तर वर्षा भएपछि वडा नं ७ देखि ८ सम्म ३५ घरपरिवार प्रभावित भएको हो ।

उक्त गाविसका किसानको धान कोदो, चिनु मकै सबै बगाएको छ भने यहाँको ५० रोपनी बराबर जग्गामा पनि क्षति पु¥याएको छ । वर्षाले सिँचाइ तथा खानेपानीका ट्याङ्कीमा समेत क्षति पु¥याएको छ ।

यहाँका खोलाका सात वटा काठे पुल बगाएकाले एक गाउँबाट अर्को गाउँबीचको आवतजावत बन्द भएको छ ।

त्यसैगरी मैला गाविसमा पनि बाढीले ठूलो क्षति गरेको छ । यहाँको लौठी गाउँमा पाँच वटा गाई भैँसीसहित गोठ र घरमा क्षति भएको छ । उक्त गाविसमा लमहीमा चार वटा घर पनि क्षति भएको छ ।

बाढीले क्षति पु¥याएपछि प्रहरीसँगको सहकार्यमा पीडित किसाले क्षतिपूर्तिको दावी गरेको किसान हेमबहादुर शाही र चद्रबहादुर शाहीले जानकारी दिनुभयो रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV