२२ असार २०७३, बुधबार

सलमान खानको फिल्म ‘सुल्तान’ आज बाट दर्शक सामु प्रदर्शनमा आएको छ । फिल्मलाई लिएर सलमानको फ्यानहरु पनि निकै नै उत्साहीत छन् । तर, सलमानको फिल्म ‘सुल्तान’ हलमा लाग्नु भन्दा एक दिन पहिले नै अनलाईनमा लीक भएको छ । अहिले फिल्म ‘सुल्तान’ केही वेबसाईटहरुमा उपलब्ध रहेको छ । त्यस्तै साइबर क्राईम एक्स्पर्टले पनि यस ‘सुल्तान’ लीक भएको न्युजलाई कन्फर्म गरेका छन् ।


साइवर क्राईम एक्स्पर्ट दीप शंकरले एक अखबार सँग भनेका छन्,“यो फिल्म डार्कनेटमा आएको छ र अब टोरेन्टमा पनि चाँडैने उपल्ध हुनसक्छ ।”
त्यस्तै क्राईम ईन्भेष्टिगेटर किसयल चौधरी भन्छन्,ः“२ घण्टा ३६ मिनेटको फुटेज अनलाईमा उपलब्ध छ । धेरै बेवसाइटहरुबाट ब्लक गरीनुका साथै लिङ्क हटाइएको छ ।”
तर,अहिले आएर यश राज फिल्मको प्रोड्युसर र बितरकले यस्ता समाचारहरुको खण्डन गरेका छन् । केहि एक्पर्टहरुले बताएका छन्की लीक भएको ‘सुल्तान’को एक्टिभ लिङ्क थिएन । यदि यो समाचार साचो साबीत भएमा शाहीद कपुरको उड्ता पञ्जाब र ग्रेट ग्राण्ड मस्ती पछि तेस्रो रीलीज पुर्व लीक हुने फिल्ममा सुल्तान हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV