२२ असार २०७३, बुधबार

गिरफ्तार र २३ कामदारको को उद्धार मंगलवार, ५ जुलाई, २०१६ पोर्तुगलको अध्यागमन विभाग सेफले (SEF) एकाबिहानै लिस्बन र अल्मेराई क्षेत्रमा “पोखरा” नामको अनुसन्धान गरी आपराधिक क्रियाकलापमा संग्लग्न ३ जनालाई गिरफ्तार गरेको छ भने मानब तस्करी को शिकार भएका २३ जना बिदेशी नागरिक को उद्धार गरेको छ।

अपराधिक क्रियाकलापमा संग्लग्न ३ जनामा एक पोर्तुगिज नागरिक ४० बर्षका, र तेस्तरी २९ र ३२ बर्षका २ जना बिदेशी नागरिक रहेका छन् भने उनिहरुबाट हतियारका साथै अवैध गतिविधि संगल्नाताको कागजात, कम्प्युटर र गैर कानुनी रुपमा कमाएको पैसा समेत बरामद गरिएको थियो। पक्राउ परेका दुई विदेशीहरूबाट पोर्तुगल छोड्ने तयारीमा थिए र उनीहरुबाट खरीद गरिसकिएको हवाई टिकेट समेत बरामद गरिएको थियो। पोखरा अपरेशनको क्रममा सन्तराई छेत्रमा खेतीमा काम गर्ने २३ जना बिदेशी नागरिकहरुको उद्धार गरिएको थियो जो मानब तस्करको शिकार भएका थिए। उनीहरुको बस्ने व्यवस्था निकै नै दर्दनाक थियो। रोजगारदाता कम्पनीका मालिक लिस्बोनमा बस्ने र त्यहाबाट स्ट्रबेरी टिप्ने काममा कामदारहरु सप्लाई गर्ने गरिएको पाईएको छ।

13595630_10154291989126944_158245365_n

जांच समयमा कामदारहरु संग काम सम्झौता को कागजपत्र गरेको र सो काम को सम्झौता पत्र कानुन सम्मत ठिक नभएको समेत सेफले बताएको छ। यसको साथै सोहि स्थानबाट अन्य भाषामा लेखिएका सम्झौता पत्रहरु पनि फेला परेको र त्यसको बारेमा अनुसन्धान भईरहेको अध्यागमन बिभाग सेफले बताएको छ। कामदारहरु बस्ने आवासको अवस्था निकै नै नाजुक रहेको र तिन कोठे एउटा पनि झ्याल नभएको घर जसको भुइँ समेत मानिस बस्न लायक नभएको मा उनीहरुलाई राखिएको सेफले बताएको छ।

पास्ता, आलु, प्याज र चामल आदि सहुलियत मा ल्याएर कामदारहरुलाई बढी मूल्य समेत लगाएको प्रमाणित भएको छ। आवासमा कामदारको सुरक्षा र सरसफाइको कुनै न्यूनतम पनि नभएको र कुनैपनि कोठामा झ्याल नभएको र बंग्क बेड प्रयोग गरी एउटै कोठामा ७ जनालाई सुताउने गरिएको पाईएको छ। २३ जना बस्ने उक्त घरमा नत पानीको धारा नै थियो, नत बिजुली नै , र एउटा मात्रै सौचालय र त्यो पनि नाजुक अवस्थामा रहेको सेफले आफ्नो समाचारमा जनाएको छ। सो कम्पनीका मालिकले खाना र आवास को पैसा भारीरुपमा तलब बाट कटौती गर्नुका साथै ओभर टाईम काम गराउने र तलब पनि निकै काम दिने गरेको सेफले कामदारहरुसंग लिएको अन्तर्वार्ताबाट स्पष्ट भएको छ।

सेफको थप अनुसन्धानबाट कम्पनीका मालिकले कामदारहरुसंग सेफसंग आफ्नो राम्रो सम्बन्ध रहेको र कामदारहरुको पोर्तुगलमा स्थाई बसोबासको कागजपत्र बनाईदिने आस्वाशन दिदै मोटो रकम हात परेको समेत बुझिएको छ। पोर्तुगलको अध्यागमन सेफले गरेको पोखरा अप्रेशन को यो अनुसन्धानले पोर्तुगलमा खेतीका मालिक र दलालहरुले कामदारहरु माथि कतिहदसम्मको श्रम शोषण गर्दछन भन्ने कुरा छर्लङ्ग भएको छ। तर पनि सेफले काम दिने कम्पनी, मालिक र दलाल को नाम उल्लेख गरेको छैन। मानब तस्कर को सिकार भएका उक्त २३ जनालाई सेफले सुरक्षा र थप अनुशन्धान को लागि बिशेष आवास गृहमा स्थान्तरण गरेको सेफले जनाएको छ।

LIVE TV