
रीलिज डेट पुर्बनै फिल्महरु टोरेन्टमा रीलिज हुन थालेपछि बलिउडका फिल्म निर्माताहरुलाई तनाब भएको छ ।बालाजिको फिल्म उड्ता पन्जाब केही दिन अघि रीलिज पुर्बनै टोरेन्टबाट लिक भएको थियो ।भारतिय फिल्म सेन्सर बोर्डको सेन्सरको वाटर मार्क लगाएको कपि लिक भएपछि बलिउडमा हंगामा भएको थियो ।यस पटक पनि बालाजिकै अर्को फिल्म ग्रेट ग्रेण्ड मस्ती रीलिज हुन करीब सत्र दिन बाँकी हुदै टोरेेंटमा लिक भएको छ ।बालाजि प्रोडक्सनको फिल्म जुलाई बाइसमा रीलिजको तयारी रहेको छ ।यस पटक वाटर मार्कको ठाउलाई कभर गरेर फिल्मलाई अपलोड गरीएको भएपनि सेन्सर बोर्डकै कपि लिक भएको अनुमान फिल्मको निर्माण पक्षको रहेको छ ।फिल्म ग्रेट गेण्ड मस्तीमा रीतेश देशमुख,आफताब शिबदेशानी र बिबेक ओबराय लिड रोलमा रहेका छन ।फिल्मलाई इन्द्र कुमारले निर्देशन गरेका हुन ।