
कांग्रेस महामन्त्री सशांक कोइराला गए रातिदेखि अस्वस्थ भएपछि चावहिलस्थित ओम अस्पतालमा भर्ना भएका छन् ।
अचानक असजिलो भएपछि ओम अस्पताल पुगेका महामन्त्री कोइरालाको रक्तचाप केही न्युन रहेको देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।अहिले उनकाे स्वास्थ अवस्था बारे जानकारी लिन कांग्रेस सभापित शेरबहादुर देउवा लगायत कांग्रेसका प्राय सबै नेता अाेम अस्पताल पुगेका छन् ।
अस्पताल प्रशासनले काेइरालाकाे स्वास्थ अवस्थाका केही बेरपछि प्रेस-नाेट जारी गर्ने बताएकाे छ । कोइरालालाई भेट्न अस्पतालमा नेता तथा कार्यकर्ताको भीडनै लागेको छ ।