२१ असार २०७३, मंगलवार

विज्ञान र प्रविधि क्षेत्रलाई राज्यबाट बेवास्ता हुँदा देशमा उत्पादन भएका वैज्ञानिक विदेशिनु परिहेको सरोकारवालाले बताएका छन् । आज यहाँ आयोजित ‘नेपाली वैज्ञानिक विदेशिने क्रम यसबाट देशको आर्थिक र प्राविधिक क्षेत्रमा पर्ने असरहरु’ विषयक अन्तरक्रियामा उनीहरुले सरकारले विज्ञान र प्रविधिको क्षेत्रमा लगानी बढाउँदै अवसर प्रदान गरेर वैज्ञानिकलाई देशको विकासमा प्रयोग गर्नुपर्ने धारणा राखे ।
गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए० अमेरिकाले आयोजना गरेको कार्यक्रममा नेकपा ९एमाले०का नेता डा वंशीधर मिश्रले राजनीतिक दलले विज्ञान र प्रविधिलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो ।
नेपाली काँग्रेसमा नेता नवीन्द्रराज जोशीले विज्ञान र प्रविधिको विषयले पार्टीमा छलफल नहुँने गरेको बताउँदै अब छलफलमा लाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्रा डा जीवराज पोख्रेलले देशभित्र अवसर प्रदान नभएका कारण अध्ययनका लागि विदेश गएका विद्यार्थी स्वदेश नफर्कने गरेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा पूर्वविज्ञान तथा प्रविधिमन्त्री गणेश साह, प्राध्यापक रुद्र अर्याल, लोकनारायण झा, शेखर गुरुङ, प्रदीप भट्टराईलगायतले सरकारले विज्ञान र प्रविधिमा लगानी बढाउनुपर्नेमा जोड दिँदै देशभित्रै अध्यायनका लागि प्रयोगशाला खोल्नुपर्नेमा जोड दिनुभयो । रासस

LIVE TV