
पोर्नस्टारको छबिबाट आफूलाई बलिउड अभिनेत्रीका रूपमा परिवर्तन गरेकी सन्नीको गीत गाउने भन्ने समाचारले उनको स्वर रहेको गीत कस्तो हुनेछ भन्ने कुराले फ्यानहरूमा कौतुहलता भने अवश्य बढाउने नै छ। पछिल्लो पटक ‘वान नाइट स्ट्यान्ड’मा अभिनय गरेकी बलिउड अभिनेत्री सन्नी लियोनीले अभिनय पछि आफूलाई गायनमा पनि परिक्षण गर्ने भएकी छन् । विटरमा फोटो पोस्ट गर्दै सन्नी स्वयंमले त्यसको खुलासा गरेकी हुन्। उनले ट्विटरमा आफूले विगत एक महिनादेखि रिहर्सल गरेको जनाएकी छन्।