२१ असार २०७३, मंगलवार

नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशसंग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने भएको छ । आगामी जुलाई १५ र १७ मा हुने दुई मैत्रीपूर्ण खेल बंगलादेशमा हुनेछ । तर दुवै खेल बगलादेशमा हुने तय भए पनि कुन स्टेडियममा खेल खेल्ने भनेर टुङगो लगाउन बाँकी रहेको एन्फाले जनाएको छ । आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारिटी कपको तयारी स्वरूप नेपालले बंगलादेशसंग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
नेपाली राष्ट्रिय फुटबल टिमले बङगलादेशसग दुई मैत्रिपुर्ण खेल खेल्ने मगलबार अखिल नेपाल फुटबल सघले जनाएको हो । दुवै खेल बगलादेशमा हुने तय भए पनि स्टेडियमको भने टुङगो लगाउन बाँकी रहेको एन्फाले जनाएको छ । नेपाल र बङगलादेशवीचको मैत्रिपुर्ण फुटबल प्रतियोगीता नेपालको लागि यो वर्षको तेस्रो मैत्रिपूर्ण खेल हुनेछ । नेपाली टोली पछिल्लो एक महिनादेखि अभ्यासमा जुटिरहेको छ । आगामी नोभेम्बरमा हुने एएफसी सोलिडारिटी कपको तयारी स्वरूप नेपालले बंगलादेशसंग मैत्रीपूर्ण खेल खेल्न लागेको एन्फाले जनाएको छ । मैत्रीपूर्ण खेल्ले नेपाली टोलिलाई फिट र व्यस्त राख्ने एन्फाको अपेक्षा छ ।
एसियाका ६ राष्ट्र सम्मिलित एएफसी सोलिडारिटी कपमा नेपाल सहित बु्रनाई, मकाउ, मंगोलिया, पाकिस्तान र श्रीलंकाले सहभागिता जनाउनेछन् । यसअघि नेपालले गत जेठमा लाओसको राष्ट्रिय टोलीसंग मैत्रीपूर्ण खेल खेलेको थियो । त्यसअघि नेपालले मलेसियाको यू – २२ टिमसंग खेलेको थियो  । दुवै टोलिसंग नेपालले १ – १ गोलको बराबरी खेलेका थिए ।

LIVE TV