२१ असार २०७३, मंगलवार

सिरियाका चार शहरमा झण्डै ६२ हजार मानिस फसेको राष्ट्रसंघले जनाएको छ । उनीहरुको अवस्था दयनिय रहेको र भोकमरीका कारण उनीहरुको जीवन जोखिममा परेको भन्दै राष्ट्रसंघले चिन्ता व्यक्त गरेको छ ।दमाश्कससहितका शहरमा फसेका नागरिकको मानवीय अवस्था गम्भीर रहेको राष्ट्रसंघका दमाश्कस संयोजक याकुब अल हिलोले बताएका हुन् । सबै नागरिकलाई बिनाशर्त तत्काल शहरबाट बाहिर निकाल्नु पर्ने र मानवीय सहायता पु¥याउनु पर्नेमा उनले जोड दिएका छन् । यस्तै, इराकको रमादीका बासिन्दाको अवस्था पनि कठिन रहेको रेड क्रसको अन्तराष्ट्रिय समितिले जनाएको छ । मानवीय अवस्था सुधार हुनुको साटो थप गम्भीर बन्दै गएको भन्दै रेड क्रसको अन्तर्रा्ष्ट्रिय समितिका अध्यक्ष पिटर म्याररले चिन्ता व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV