२० असार २०७३, सोमबार

नेपाली जुत्ता घर प्रालिले स्क्रयाचमा मनी बम्परमा बाइक धनी उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले आगामी दशै तिहारलाई लक्षित गर्दै योजना सञ्चालन गरेको हो ।


सोमवार नेपाली जुत्ताघर जमलमा पत्रकार सम्मेलन गर्दै कम्पनीले उक्त योजना सार्वजनिक गरेको हो । सोमवारदेखि लागु सो योजना अन्तर्गत प्रथम हुने एक जनालाई मोटरसाइकल,द्धीतिय हुने एक जनालाई ल्यापटप र तृतीय हुने एक जनाले २१ इञ्चको एलइडी टिभी दिइन वताएको छ । त्यस्तै चौथो हुनेलाई २१ इन्चको मोनिटर तथा सान्त्वना पुरस्कार स्वरुप १० जनालाई राइस कुकर प्रदान गर्ने कम्पनीले जनाएको छ । यसैवीच जुत्ता घरले सोमवारदेखि समरसेल २०७३ समेत सुरु गरेको छ । नेपाली उत्पादनलाई नेपालीहरुले प्रयोग गर्ने वानी वसाउन यो अफर ल्याएको कम्पनीले जनाएको छ ।
नेपाली जुत्ता घरको जमल,महाराजगञ्ज,कुमारी पार्टी, नमस्ते सुपरमार्केट,बुद्ध मलमा समर सेल लागु हुने छ । जसमा ग्राहकले जुत्ता खरिदमा ७० प्रतिशतसम्मको विशेष छुट र विशेष सहुलियत सहित जुत्ता चप्पल विक्री गरिने कम्पनीले जानकारी दिएको छ  । मेलामा शिखर, कोसेली, स्काइ, विएफ डिएरहिललगायत १० ओटा व्राण्डका जुत्ता विक्री गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV