२० असार २०७३, सोमबार

नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहालले विषय मिल्नेसँग सहकार्य गरेर नयाँ सरकार गठन हुने बताउनुभएको छ ।

zdfv

काभ्रेपलाञ्चोकको उग्रचण्डी, नालामा आज सहिद ढोका उद्घाटनपछि उहाँले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्ने औँल्याउँदै आफ्ना नाममा सहमति भए आफू राष्ट्रिय सरकारको नेतृत्व गर्न तयार रहेको बताउनुभयो ।

उहाँले सरकार परिवर्तनको विषयलाई हल्का रुपमा नलिन एमालेलाई र माओवादी केन्द्रसँग मिलेर एमालेलाई देखाइदिने सोच त्याग्न काँग्रेसलाई आग्रह गर्नुभयो । “संविधान कार्यान्वयन गर्न नदिन विभिन्न शक्तिले चलखेल गरिरहेका छन्, यस्तो बेलामा राष्ट्रिय सहमति नै आवश्यकता छ”नेता दाहालले भन्नुभयो ।

“सरकारले भूकम्पपीडितका पक्षमा एक प्रतिशत पनि काम गरेन”–सत्तारूढ दलका नेता दाहालले भन्नुभयो । रासस

LIVE TV