२० असार २०७३, सोमबार

ढाका,  असार । बङ्गलादेशको राजधानी ढाकामा शनिबार बिहान भएका आतङ्ककारी हमलामा आइएसको सम्लग्नता नरहेको बङ्गलादेशले जनाएको छ ।

राजधानी ढाकामा रहेको एक विदेशी रेष्टुरेन्टमा गत शनिबार आतङ्ककारी हमला भएको थियो । आतङ्ककारीहरुले सो रेष्टुरेन्टमा शनिबार बिहानै आक्रमण प्रयास गरेका र त्यहाँ रहेका कम्तीमा पनि २० जना विदेशीको हत्या गरेका थिए ।

उक्त आक्रमण इस्लामिक स्टेट्सले गरेको भनी यसअघि गरिएको दाबी सत्य नभएको बताइएको छ । बङ्गलादेशको सरकारले त्यसमा आइएसको सम्लग्नता अस्वीकार गरेको हो ।

dhaka

बङ्गलादेशका गृहमन्त्री असादुजमान खानले उक्त हमलामा आइएसको हमलाको कुनै पनि संकेत नमिलेको जानकारी दिनुभएको हो ।

यस क्रममा सुरक्षाकर्मीको कारबाहीका क्रममा पाँचजना बन्दुकधारी मारिएका बताइएको थियो । ती मारिएका व्यक्ति बङ्गलादेशको नै एक प्रतिबन्धित समूहका सदस्य रहेकोले आइएसको सम्लग्नता नखुलेको उहाँको भनाई छ ।

साथै सुरक्षाफौजले नियन्त्रणमा लिएका केही व्यक्तिसँगको सोधपुछका क्रममा पनि यहाँ आइएस आतङ्कारीको सहभागिता नदेखिएको उहाँले बताउनुभएको छ ।

मारिएका ती व्यक्ति बङ्गालादेशमा गएको करिब दश वर्षदेखि प्रतिबन्धित आतङ्ककारी संगठन जमाएतुल मुजाहिद्दीनका सदस्य रहेको खुलेको समाचारमा जनाइएको छ ।

मन्त्री खानले भन्नभुयो– आइएससँग उनीहरुको कुनै पनि सम्लग्नता छैन, हामीले अनुसन्धानबाट यो पत्ता लगाएका छौँ । यसअघि उक्त हमलामा आइएसको सम्लग्नता रहेको यहाँको सरकारले नै दाबी गरेको थियो ।

त्यस लगत्तै आइएस संगठनले पनि ढाकामा भएको आक्रमणमा आफ्नो संलग्नता रहेको जानकारी गराएको थियो । सोमबार यहाँको सरकारको सो भनाई आएको हो ।

त्यसैगरी बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले बङ्गलादेशलाई यस्तो आतङ्कवादी क्रियाकदापबाट हामीले जतिसक्दो चाँडै सामान्य अवस्थामा ल्याउने छौँ भन्नुभएको छ ।

उहाँले बङ्गलादेशको सुरक्षा निकायले आक्रामक रुपमा कामगर्ने र उक्त होटलमा हमलागरी नागरिकको हत्या गर्ने दोषीलाई चाँडो भन्दा चाँडो कारबाहीको दायरामा ल्याएरै छोड्ने पनि बताउनुभयो । रासस÷सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्
LIVE TV