२० असार २०७३, सोमबार

मिलन चाम्सद्धारा निर्देशीत फिल्म ‘वीर विक्रम’को अफिसियल टिजर रीलीज भएको छ । भदौ ३ लाई रीलीज मिती तोक्दै सामाजीक सञ्जाल युट्युभ मार्फत फिल्मको टिजर रीलीज गरेका हुन् । फिल्ममा दयाहाङ राई, अर्पण थापा, अनुप वित्रफम शाही, नाजिर हुसेन र दीया पुन लीड रोलमा रहेका छन् ।

asdfsa
फिल्मको रीलीज टिजरमा एक मात्र अभिनेत्रि दियाको वरीपरी नै तीन युवाहरुको पे्रमकथामा आधारीत रहेको बुभिन्छ । त्यस्तै टिजरमा प्रेम, धोका, बदला र युद्धको कथालाई प्रस्ट्याईएको छ ।
फिल्मको रीलीज टिजरमा नाजीर हुसेनले केमेडी रोलमा अभिनय गरेका देखिन्छन् त अभिनेता दयाहाङ पनि अन्य फिल्ममा रहेको भुमिका भन्दा केहि फरक गेटअपमा देखिन्छन् । त्यसोत,फिल्ममा उनि अलि स्लिम पनि देखिएका छन् ।
उक्त फिल्मलाई अगष्टमा मेलवर्न,अष्ट्रेलियाको सिड्नी लगाएतका ठाउँहरुमा पनि प्रदर्शन गरीने भएको छ । ‘वीर विक्रम’फिल्मलाई लण्डन सिने आई प्रोडक्शनको ब्यानरमा निर्माण गरीएको हो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV