१९ असार २०७३, आईतवार

काठमाडौंँ,  असार । कलाकार विशाल मानन्धरको एकल कला प्रदर्शनी तारागाउँ म्युजियममा एक हप्तादेखि चलिरहेको छ ।

भूकम्प र त्यसको असरलाई कलात्मक रुपमा क्यानभासमा बनाइएका चित्र प्रदर्शनीमा राखिएको छ । ‘इमोसनल वाल्स’ शीर्षकमा गरिएको सो प्रदर्शनीमा मानन्धरले भूकम्पले भत्काएका घर र त्यसको त्रासदीलाई चित्रात्मक रुप दिएका छन् ।
“भूकम्पले पु¥याएको नेपालको अवस्थालाई मैले चित्रमा उतारेको हुँ, घर र तिनमा देखिएका त्रासदीपूर्ण चर्किएका रेखालाई क्यानभासमा भाव भर्ने मेरो आशय हो” कलाकार मानन्धरले बताउनुभयो ।
भूकम्प गएको वर्ष दिनपछि मानन्धरले यस बीचमा बनाएका चित्राकृतिलाई प्रदर्शनीमा ल्याउनुभएको हो । उहाँका कलामा नेपाली समाजको त्रासदीपूर्ण कालखण्ड उधिनिएको कलाकार नवेन्द्र लिम्बूले बताउनुभयो । उहाँले भन्नुभयो, “समाजलाई नराम्रो गरी प्रभाव पारेको भूकम्पको स्मृतिलाई कलाकारले विम्बात्मक रुपमा चित्रमा उतारेको पाएँ ।”
म्युजियमका निर्देशक रोशन मिश्रले मानन्धरका कलामा नेपाली सुगन्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयोे, “प्राकृतिक विपत्लाई कलाकारले भावुक ढङ्गले क्यानभासमा उतारेका छन् । यो नेपाली समाजको दुखद र लामो समयसम्म सम्झिरहने घटना हो । यसलाई कलाकारले निकै कलात्मक रुपमा चित्रण गर्दै स्मरणयोग्य बनाएका छन् ।” प्रदर्शनी सोमबारसम्म रहनेछ ।रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV