१९ असार २०७३, आईतवार

१. सबै सुरक्षा निकायलाई हाइ अलर्टमा बस्न गृह मन्त्रालयको निर्देशन, विपत्तिका घटनाप्रति सबै संयन्त्र तयारी अवस्थामा रहेको दावी ।

२. बाढीबाट हुने क्षति न्यूनीकरणका लागि दाङमा पूर्व तयारी गरियो, पर्वतका दुई ठूला नदीमा बाढीको सूचना दिने प्रणालीको स्थापना गरिने ।
३. सहमतिय राष्ट्रिय सरकार गठनको पहल गर्ने नेकपा माओवादी केन्द्रको निर्णय, विगतमा भएको नौ बूँदे सहमति कार्यान्वयनमा एमाले इमान्दार नदेखिएको आरोप ।
४. इटलीलाई ट्राइब्रेकरमा हराउँदै जर्मनी युरोकप फुटवलको सेमीफाइनलमा, अव फ्रान्स वा आइसल्याण्ड मध्ये एकसंग जर्मनीले सेमीफाइनल खेल्ने ।
५ र, ढाकाको एक क्याफेमा २० विदेशी मारिएपछि बंगलादेशमा दुई दिने राष्ट्रिय शोकको घोषणा, युरोकप खेल्नुअघि इटालीका खेलाडीद्धारा मौनधारण ।

LIVE TV