१८ असार २०७३, शनिबार

काठमाडौं,हाम्रो देश नेपालमा मान्छेको आयु लगभग ६८ वर्ष रहेको छ । तर एक जना पाका ८० वर्षिय मोहीत मर्दन थापाले उदाहरणीय काम गरेका छन् ।

vlcsnap-2016-07-02-12h09m02s969

गायक तथा गीतकार मोहीत थापाले ८० वर्षको उमेरमा पनि ‘माया लुकाई लुक्दैन’गीती एल्बम श्रोता सामु ल्याएका छन् । आयोजीत एक कार्यक्रममा गायक तथा गीतकार मोहीत मर्दन थापाको तेस्रो गीती एल्बम ‘माया लुकाई लुक्दैन’ सार्वजनीक भएको छ । सार्वजनीक गरीएको उक्त गीती एल्बममा जम्मा नौ वटा गीतहरु सामाबेश गरीएको छ । रीलीज गीतहरुलाई गायक थापाले नै स्वरबद्ध गरेका छन्, साथै अन्य केही गीतहरुलाइ आफैले लेख्नुका साथै संगीतबद्ध पनि आफैले गरेका हुन् । ‘माया लुकाई लुक्दैन’एल्बम सार्वजनीक कार्यक्रममा उपस्थित भएका प्रमुख अतिथी सरु भक्तका साथै अतिथीहरुले गायक थापालाई शुभकामना ब्यक्त गरे ।

vlcsnap-2016-07-02-12h08m40s884

‘माया लुकाई लुक्दैन’गीती एल्बम बिमोचन सँगै गायक थापाले सात वटा गीतहरु पनि प्रतस्ुत गरे । गायक थापालाई आफ्नै परिवारका साथै अन्य संगीत कर्मी र गायीकाहरुले साथ दिएका थिए । जस्मा उन्कै छोराले तबलामा साथ दिए,त्यस्तै ११ वर्षिय नाती आयुष बिष्टले पनि एउटा गीत प्रस्तुत गर्नुका साथै गीटारमा बाजे गायक थापालाई सहयोग गरेका थिए । साथै यसै कार्यक्रमका बीचमा एक नृत्य पनि प्रस्तुत गरीएको थियो ।

vlcsnap-2016-07-02-12h09m57s893

vlcsnap-2016-07-02-12h10m27s820

LIVE TV