१८ असार २०७३, शनिबार

अभिनेता सलमान खान र शाहरुख खानको दोस्ती दुई वर्ष हुदै गर्दा उनिहरु एकै साथ आफ्नो बलियो दोस्तीको नजरमा देखा परेका छन् । कहिले काँही यी दुवै अभिनेताहरुले सोसल मिडिया मार्फत एक अर्काको तारीफ गर्छन् त कहिले एक अर्काको फिल्मको प्रोमोशन गर्दै गरेको नजरमा देखिन्छन् । त्यस्तै पार्टी ईभेन्ट तिर पनि उनिहरुको जोडि एकैसाथ देखा परिहरहेका छन् । अहिले आएर सलमान शाहरुखको जोडी मुम्बईको सडकमा साईक्लिङ गर्दै गरेको एकै साथमा देखिएका छन् ।

srk-salman2-mos_070116115743_070116011350
सलमान खान र शाहरुख खानको साथमा शाहरुखको छोरा आर्यन खान पनि साईक्लिङ गर्दै गरेको नजरमा देखिएका छन् । त्यस्तै शाहरुख खानले साईकल राईडको तस्विर पनि आफ्नो ट्वीटरमा सेयर गरेका छन् । शाहरुखले ट्वीट गर्दै लेखेका छन्,“भाई भाई अन बाइक,प्रदुषण छैन,माईकल लाल साईकल लाल ।” सलमान खान र शाहरुख खानको साईक्लिङ गर्दै गरेका तस्वीर सोसल मीडियाहरुमा भाईरल भइरहेको छ । सलमान र शाहरुखको प्रोफेशनल कुरा हुँदै गर्दा सलमानको फिल्म सुल्तान जुलाईको ६ तारीखका दर्शक माझ प्रस्तुत हुदैछ । त्यस्तै शाहरुख खान पनि आफ्नो फिल्म रइस लाई लिएर अर्को वर्षको पर्खाईमा छन् ।

salman_sm_650_070116010817

srk-salman1-mos_070116115743_070116011349 (1)

प्रतिक्रिया दिनुहोस्
LIVE TV