१६ असार २०७३, बिहीबार

प्रत्येक साता दुई वा सो भन्दा बढि फिल्महरु दर्शक सामु प्रदर्शनमा आउने गर्छन् । यसरी एकै पटक दुई वा सो भन्दा बढि फिल्महरु एकै पटक हलमा लाग्दा फाईदा र बेफाईदा दुवै छन् । शुक्रबार बाट तीन फिल्महरु ‘तीन घुम्ती’, ‘लाले’ र ‘सुर्यः द पावर’ पनि दर्शक सामु प्रतिस्पर्दामा उत्रिदै छन् ।

sdfs
स्वर्गीय बिपी कोईरालाको उपन्यास मा आधारीत फिल्म ‘तीन घुम्ती’ पनि यसै शुक्रबार बाट दर्शकसामु रीलीजमा आउँदैछ । फिल्मलाई कर्मा प्रोडक्शनको ब्यानरमा राकेश अदुकीयाले निर्माण गरेका हुन् । फिल्म ‘तीन घुम्ती’को कथा तथा संबाद बीपी कोईरालाको उपन्यासबाट लिईएको हो । फिल्मको गीतलाई बसन्त सापकोटा र सुनेमान श्रेष्ठले संगीतबद्ध गरेका हुन् । बिपीको उपन्यासमा आधारीत ‘तीन घुम्ती’लाई बाबु राम ढकालले निर्देशन गरेका हुन् । फिल्ममा गरीमा पन्त, धु्रब दत्त, सुसान्त कार्की लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मको रीलीज गरीएको अफिसिय प्रोमोलाई दर्शकहरुले पनि रुचाइरहेका छन् । त्यसोत निकै पुरानो ड्रेसअपमा सजिएका कलाकारहरु पनि दर्शकहरुको मुख्य आकर्षण बनिरहेको छ ।
यसै शुृक्रबार बाट ऋषि न्यौपाने निर्देशीत फिल्म ‘लाले’ दर्शक माझ प्रस्तुत हुदैछ । फिल्मले गाउँघरको कथा बस्तुलाई कलाकारहरु मार्फत पर्दामा प्रस्तुत गर्नेछ । फिल्मको कथाबस्तुलाई दीपक अधिकारीले लेखेका हुन् ।
बेग्लै गाउँले परिबेशमा निर्माण भएको फिल्म ‘लाले’लाई केदार ढुङगानाले निर्माण गरेका हुन् । फिल्ममा सानु कुमार महर्जनले द्धन्द निर्देशन गरेका छन् । त्यसोत सुवास देवकोटाले फिल्मलाई सम्पादन गरेका हुन् ।
बिशुद्ध मौलीक कथालाई दर्शकहरुले रुचाईरहेको समयमा ‘लाले’लाई दर्शक माझ केदार ढुङगानाले प्रस्तुत गरेका हुन् । यहि शुक्रबार बाट दर्शक माझ प्रदर्शन हुदै गरेको फिल्म ‘लाले’मा सुरबीर पण्डित,केदार ढुङगाना,दिनेश डिसी,उषा खनाल,दिपेश राज पाण्डे,दावा लामा लगाएत कलाकारहरुले अभिनय गरेका छन् ।
यसै शुक्रबार बाट रीलीजको तयारीमा रहेको अर्को फिल्म हो, ‘सुर्यः द पावर’ । फिल्मको नाम नै ‘सुर्यः द पावर’ रहेकोले फिल्म एक्शन प्रदायक रहेको बुझ्न सकिन्छ । फिल्म ‘सुर्यः द पावर’ लाई गणेश केसीको निर्माणमा क्रान्ती केसीले निर्देशन गरेका हुन् । फिल्ममा नरहरी प्रेमीले संगीतबद्ध गरेका छन् । त्यस्तै,शंकर महर्जनले द्धन्द निर्देशन गरेका छन् । फिल्ममा मुकेश ढकाल र सुजता केसी लीड रोलमा रहेका छन् ।
यो साता भने ठुलो बजेटका बलिउड फिल्महरु रीलीज नहुने भएको छ । तर, सान ७५,केर्री अन कुत्तोन,मिसीङ अन अ विकेण्ड लगाएतका साना बजेटका फिल्महरु भने रीलीज हुदैछन् । त्यसोत सुपरस्टार सलमान खानको फिल्म सुल्तान पनि यसै साताको बुधबार रीलीजमा आउँदैछ । फिल्ममा सलमानले रेस्लरको भुमिकामा अभिनय गरेका छन् । सलमानलाई फिल्ममा अनुष्का शर्माले साथ दिएकी छिन् ।

asdfas
त्यस्तै यसै साताबाट हलिउड फिल्महरु ‘द लेजेण्ड अफ टार्जन’,‘द पर्जःईलेक्शन इयर’,‘द बि.एफ.जी.’ का साथै साना बजेटका फिल्महरु प्रदर्शनमा आउँदैछन् । यसै शुत्रबार बाट दर्शक माझ प्रदर्शनमा आउँदै गरेको फिल्म ‘द लेजेण्ड अफ टार्जन’लाई डेबिड याट्सले निर्देशन गरेका हुन् । फिल्ममा डीजेमुन,अलेक्जेण्डर,म्यामुल लगाएतका कलाकारहरुले अभिनय गरेका छन् । फिल्मलाई एक्शन र एड्भेन्चर जन्र्मा राखीएको छ ।
त्यस्तै यसै शुक्रबार रीलीजमा आउँदै गरेको अर्को हलिउड फिल्म हो ‘द बि.एफ.जी.’ । फिल्मलाई फ्रयाङ्क मार्शलको निर्माणमा स्टेभेनले निर्देशन गरेका हुन् । फिल्ममा मार्क,रेबाक,जेमिन लगाएत कलाकारहरुले अभिनय गरेका छन् । यसै शुक्रबार बाट ठुलै बजेटमा निर्माण भएको फिल्म ‘द पर्जःईलेक्शन इयर’पनि रीलीज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV