१४ असार २०७३, मंगलवार

 

कञ्चनपुर, कञ्चनपुरको झलारी पिपलाडी– नगरपालिका– ५ खजुवाका ३० वर्षीय गोविन्द साउदको सर्पले डसेर मृत्यु भएको छ ।

दुई दिनअघि सर्पले डसेकोमा साउदको उपचारका क्रममा आज बाँकेको कोहलपुरस्थित अस्पतालमा मृत्यु भएको हो ।

snake

सर्पले डसेका साउदलाई तत्कालै उपचार केन्द्र अर्जुनीमा लगिए पनि एन्टिस्नेक भेनम नहँुदा उनलाई थप उपचारका लागि बाँकेको कोहलपुर लगिएको स्थानीय शिवि लुहारले बताउनुभयो ।

ढिलो गरी अस्पतालमा पु¥याउँदा उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV