१४ असार २०७३, मंगलवार

नेपालगन्ज,  पूर्व प्रधानमन्त्री तथा नेकपा एमाले का वरिष्ठ नेता झलनाथ खनालले नेपालगन्ज रङ्गशाला परिसरमा निर्माण हुने भारोत्तोलन एकेडेमी भवनको आज शिलान्यास गर्नुभयो । सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगन्जमा सो एकेडेमी निर्माण गर्न लागिएको हो ।

विशेषतः मध्य तथा सुदूरपश्चिमाञ्चल क्षेत्रका विद्यालय उमेरका बालबालिकाको छनोट गरी सबै सुविधासहित एकेडेमीमा तालिम दिइनेछ ।

dddd

करिब रु एक करोडको लागतमा निर्माण हुने एकेडेमी भवनमा भारोत्तोलन प्रशिक्षणका लागि आवश्यकपर्ने करिब रु एक करोड बराबरकै उपकरण समेत जडान गरिने जनाइएको छ । तीनतला निर्माण हुने एकेडेमी भवनमा तालिम कक्ष, प्रतिक्षालय कक्ष, चेन्जिङ कोठा, सुत्ने कोठा, पुस्तकालय, भान्साघर, सोनाबाथलगायत सुविधा सम्पन्न संरचनाको व्यवस्था गरिएको कन्सल्टेन्ट इन्जिनियर महेश थापाले जानकारी गराउनुभएको छ । शिलान्यास समारोहमा पूर्व प्रम खनालले खेलकूदको विकासलाई सरकारले आप्mनो नीति तथा कार्यक्रमको प्राथमिकतामा राख्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले संविधान निर्माणपछि मुलुक आर्थिक समृद्धिको दिशातर्पm अग्रसर भएको उल्लेख गर्दै विकासको एउटा पाटो खेलकूदलाई पनि बनाउनुपर्नेमा जोड समेत दिनुभयो ।

त्यस अवसरमा पूर्व प्रम खनाललाई नेपाल भारोत्तोलन सङ्घका केन्द्रीय अध्यक्ष रतन टण्डनले भवन निर्माण सम्बन्धी संरचनागत व्यवस्थाको जानकारी गराउनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV