१४ असार २०७३, मंगलवार

लहान, असार  । विशेष सुराकीको अधारमासीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी टोलीले भारतवबाट नेपाल ल्याउन लागेको पेस्तोल र कोरेक्स बरामद गरेको छ ।
सिरहा लगडीगोठ–५ बाट तीन थान कटुवा पेस्तोल र पाँच थान कोरेक्स बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । सशस्त्र प्रहरी निरिक्षक विष्णु अधिकारीको कमाण्डमा रहेको टोलीले ती बस्तु बरामद गरि जिल्ला प्रहरी कार्यालयमा बुझाएको हो ।

GUN
सशस्त्र प्रहरीलाई देखेपछि भारतीय मोटरसायकल छोडेर हतियार र कोरेक्स ओसार पसार गर्ने व्यक्ति भारतीय सिमा दशगजा तर्फ भागेको थियो । मोटरसायकलको डिकीमा दुई नाले कटुवा पेस्तोल १ थान र एक नाले कटुवा पेस्तोल २ थान र १०० एमएलका कोरेक्स ५ थान नियणत्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा बसझाएको सशस्त्र प्रहरी निरिक्षक अधिकारीले बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV