
अभिनेता सलमान खानले फिल्म सुल्तानको प्रोमोशनको दौरानमा दिएको पिडीत महिलाको जस्तो महसुस बयान अहिले महंगोमा साबीत भएको छ । यसै बयानलाइ लिएर हरियाणा हिसारको एक ग्याङ रेप्ड पिडीतले अभिनेता सलमान सँग १० कारोड भारुको क्षतीपुर्ति माग गरेकी छिन् ।
पिडीतले पञ्जाब र हरियाणा हाईकोर्टको माध्यम बाट सलमान खानलाइ नोटिस पठाएकी हुन् । पिडीतले भनेकी छिन्, यस सार्वजनीक टिप्पणीले उनको ईज्जतमा धुमिल गराएको छ । त्यस्तै उजुरी दर्ता गर्नेले पनि बताएका छन्,“अभिनेता सलमानको बयानले उनलाइ गहीरो चोट लागेको छ । उनि अहिले पनि मानशीक र शाररीक अघात बाट गुज्रिरहेकीछिन् ।”
पिडीतको वकिलका अनुसार पठाएको नोटिश सलमानले प्राप्त गरेको १५ दिन भित्र १० कारोड क्षतिपुर्ती बुझाई सक्नु पर्ने बताएका छन् । सलमानले १५ दिन भित्र उक्त तोकीएको क्षतीपुर्ती नबुझाएमा उनलाइ सिभिल र अपराधिक कानुन उलङघन गर्नेमा उजुरी दर्ता गरीने बताएका छन् ।
नाबालीका उक्त दलित केटि सँग ८ जना केटाहरुले ग्याङ्ग रेप गरेका थिए । यसै घटनाका कारण उनको बुबाले २०१२ सेप्टेम्बरको १८ तारीखमा आत्महत्या पनि गरेका थिए ।
अभिनेता सलमानले एक ईन्टरभ्युमा भनेका थिए की फिल्म सुल्तानको कुस्ती वाला दृश्यको सुटिङमा यत्ति धेरै थकाई लाग्थ्योकी मैलै ‘रेप पिडीत’को जस्तो महसुस गर्थे । यो निकै गाह्रो थियो । मैले कदम नै अगाडी बढाउन सक्दिनथेँ ।