
बलिउड,यस बर्षको आइफा अवार्डमा बलिउड फिल्म बाजिराव मस्तानी धेरै बिधामा अवार्ड जित्दै अब्बल साबित भएको छ ।बाजिराव मस्तानी बाट डाइरेक्टर सन्जय लिला भन्सालिले बेष्ट डाइरेक्टर,एक्टर रणबिर शिंहले बेष्ट एक्टरको अवार्ड पाए भने बाजिरावकी एक्ट्रेस प्रियंकाले बेष्ट सपोर्टीङ एक्ट्रेसको अवार्डमा चित्त बुझाउनु पर्यो ।बेष्ट एक्ट्रेसको अवार्ड दिपिका पादुकोनले फिल्म पिकु बाट पाइन ।बेष्ट फिल्मको अवार्र्ड सलमान खान अभिनित फिल्म बजरंगि भाइजानले पायो । बेष्ट सपोर्टीङ एक्टरको अवार्ड चाही अनिल कपुरले फिल्म दिल धड्कनेदो बाट पाए ।फिल्म पिकुको स्टोरीले उत्कृष्ट स्टोरीको अवार्ड पायो ।सुरज पान्चोलि र अथिया शेठ्ठीले बेस्ट डब्यु कपलको अवार्ड पाए ।स्पेनको मेड्रिडमा भएको आइफा अवार्डमा बलिउड फिल्म इन्डष्ट्री हस्तीहरुले सहभागिता जनाएका थिए ।बलिउड कलाकारको रेड कार्पेट वाक पनि अर्को आकर्शण भएको थियो ।