१२ असार २०७३, आईतवार

सोलुखुम्बु, लगातार १२ दिनदेखि लागेको बाक्लो हुस्सु तथा वर्षाका कारण तेन्जिङ हिलारी विमानस्थल अवरुद्ध हुँदा त्यहाँ दुई सय भन्दा बढी पर्यटक रोकिएका छन् ।

सगरमाथा क्षेत्रको भ्रमण सकेर काठमाडाँैं फर्कन लागेका ती पर्यटक विमानस्थलमा विमान आउने आशा गर्दा गर्दै रोकिएका हुन् । लुक्लाका पर्यटन व्यवसायी आङनुर्बु शेर्पाका अनुसार कतिपय पर्यटक आफ्नो देश फर्कने हवाइजहाजको टिकट बुकिङ गरिसकेका कारण समस्या भएको बताउँछन् । कतिपयलाई खर्चको समेत अभाव भएको छ ।

ANTALYA, TURKEY - AUGUST 4 :  A group of 30 Russian tourists wait at Antalya Airport in Turkey on August 4, 2014  after their Russian tour company went bankrupt. The tour group, who arrived in Antalya, Turkey on August 2 for a ten day holiday in one of Turkey's popular beach holiday destinations, could not be accommodated in their hotel and were left stranded at the airport. (Photo by Suleyman Elcin/Anadolu Agency/Getty Images)

यही असार १ गतेदेखि बाक्लो हुस्सु लागेका कारण विमानस्थल अवरुद्ध भइरहेकाले कतिपय पर्यटक भने लुक्लाबाट तीन दिनको पैदल यात्रा गरी सल्लेरीबाट बस मार्फत काठमाडौँं फर्कन हिँडेका पथ प्रदर्शक रोजन मगरले बताउनुभयो ।

बाक्लो हुस्सुका कारण सदरमुकामस्थित फाप्लु विमानस्थल पनि असार १ गतेदेखि अवरुद्ध भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV