१२ असार २०७३, आईतवार

साताको पहिलो दिन आइतवार सुन प्रतितोला ५ सय रुपैयाँले घटेको छ । आइतवार सुन प्रतितोला ५८ हजार ५ सय रुपैयाँमा कारोवार भएको छ ।  यसअघि शुक्रवार सुनप्रतितोला ५९ हजार रुपैयाँमा कारोवार भएको थियो ।

Gold

त्यस्तै आइतवार तेजावी सुन प्रतितोला ५८ हजार २ सय ५० रुपैयाँमा कारोवार भएको छ । अन्तर्रा्ष्ट्रिय बजारमा सुनको मूल्य केही सस्तिएपछि नेपाली बजारमा यसको प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि यूरोपियन यूनियनबाट बेलायत बाहिरिएपछि शुक्रबार सुनको मूल्य एकैदिन ३ हजारले बढेको थियो । त्यस्तै आइतवार चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदी आइतवार ८ सय १५ रुपैयाँमा कारोबार भएको छ ।

LIVE TV