११ असार २०७३, शनिबार

नेपाली काग्रेसका नेता अर्जुननरसिंह केसीले प्रमुख प्रतिपक्षी नेपाली काग्रेससँग सहमति नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दैमा अवरोध नहट्ने स्पष्ट पार्नुभएको छ ।
शनिवार काठमाडौंमा आयोजित साक्षात्कारमा उहाँले भुकम्प पीडितलाई अनुदान वितरण गर्ने कार्यविधि काग्रेसकै पालामा बनेको दबाी गर्दै त्यसलाई संसोधन गरेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो । केसीले संविधानको कार्यान्वयनकोलागि राष्ट्रिय सहमतिको आवश्यकता रहेकोले आफुहरु सहमतिको सरकारको पक्षमा रहेको स्पष्ट पार्दै सहमतिय सरकारको नेतृत्वमा काग्रेसको दावी रहेको बताउँनुभयो ।
यस्तै नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले अहिले सरकार परिवर्तन भन्दा पनि बृहद शान्ति सम्झौतासँग जोडिएका मुद्दाहरु संबोधन हुनुपर्ने आवश्यकता औंल्याउँनुभयो । उहाँले नौ बुँदे सहमति सरकारले कार्यान्वयन गरे सरकार परिवर्तनको आवश्यकता नरहेको प्रष्ट पार्नुभयो ।
गुरुङ्गले मधेसको अधिकांश माग जायज भएकोले त्यसलाई संबाद र सहमतिको बाटोबाट हल गर्नु पर्ने बताउँनुहुँदमुलुकको समस्या समाधान अल्पमत र बहुमतको बाटो बाट हुन नसक्ने ठोकुवा गरे ।
सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले वार्ताको सफलताकोलागि प्रतिपक्षी दलको सहभागिता आवश्यक रहेको बताउँदै काग्रेस, एमाले र माओवादीसहितको सहमतिमा बार्ता टोली बनाउनु पर्नेमा जोड दिनुभयो । सरकारलाई समस्या समाधानकोलागि असार मसान्तसम्मको मात्रै समयसीमा रहेको पनि उहाँले स्मरण गराउँनुभयो । असार मसान्तसम्मको समयको सरकारले सदुपयोग नगरे मधेसी मोर्चाले मधेसका जिल्लाहरुमा अझै शसक्त आन्दोलन थाल्ने चेतावनी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV