११ असार २०७३, शनिबार

बागलुङ,  मल्मका स्थानीय बासिन्दाले ऋण काढेर गाउँमा मोटरबाटो पु¥याएका छन् ।

मल्म–८ लाई सडक सञ्जालसँग जोड्न सिङ्गो गाउँनै जुटेको छ । हालसम्म ऋण धन गरेर डेढ किमी सडकको ट्र्याक खोली सकिएको छ । रु २५ लाखको लागतमा कुल साढे दुई किमी सडक निर्माण गरिएको हो ।

DEBT

पहिलो चरणको काममा १५ लाख खर्च भइसकेको सानोखोला–जनहित मावि–काउलेखोला ग्रामीण सडक उपभोक्ता समितिले जनाएको छ । जसमध्ये समितिले रु १० लाख ऋण खोजेर काम गरेको छ । बाँकी पाँच लाखमध्ये गाविसको दुई आवको अनुदान र निर्वाचन क्षेत्र विकासको रकम छ । समितिका अध्यक्ष चिरञ्जीवी मरासिनीका अनुसार बाँकी एक किमी सडक खन्नको लागि रु १० लाख खर्च लाग्नेछ ।

वर्षा सकिनेबित्तिकै उक्त सडकको काम अघि बढ्ने समितिका अध्यक्ष मरासिनीको भनाइ छ । वडा नं ८ का अधिकांश वस्ती र त्यहाँ रहेको जनहित माध्यामिक विद्यालय सडकको पहुँचदेखि टाढा रहेकाले सडक निर्माण गर्नुपरेको समितिले जनाएको छ ।

समितिका कोषाध्यक्ष ज्ञानबहादुर थापाले गाविस, जिविसलगायत निकायबाट अनुदान सहयोग गर्न अनुरोध र पहल गरिने बताउनुभयो । उक्त सडक पूरा भएपछि मल्म भएर चल्ने सवारी साधानले छोटो र वैकल्पिक मार्गको रुपमा समेत प्रयोग गर्न सक्नेछन् । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV