११ असार २०७३, शनिबार

उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा बझाङ आउँदा उनले भने बमोजिम स्वागत सत्कार नगरेको भन्दै स्थानिय विकास अधिकारीको सरूवा गरिएको छ । आर्थिक वर्ष सकिन २० दिन मात्र बाँकी भएको अवस्थामा भएको उनको सरुवाले जिल्लाको विकास निर्माण प्रभावित हुने भएको छ ।

kamal thapa

असार ४ गते पार्टीको कामको सिलसिलामा मन्त्री थापा बझाङ आएका थिए । उनी आउँदा उनको स्वागतमा जिल्ला भरीबाट आएका नेता तथा कार्यकर्ता बास, खानपानको व्यवस्था नगरेको भन्दै थापाले आफ्ना स्वकीय सचिव दामोदर वाग्लेमार्फत स्थानिय विकास अधिकारी आत्माराम सत्याललाई २४ घण्टा भित्र सरुवा गरिदिने धम्की दिएका थिए ।

सदरमुकाममा रहेको होटल केपी प्लाजामा बोलाएर थुप्रै नेता कार्यकर्ताको अगाडि आफूलाई दुव्र्यवहार गर्न थालेपछि सत्याल त्यहाँबाट केही नबोली फर्केको जिल्ला विकास समितिका एक कर्मचारीले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV