९ असार २०७३, बिहीबार

भक्तपुर,  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले आज भक्तपुरको सूर्यविनायकमा निर्माण हुन लागेको राष्ट्रिय प्राणी उद्यानको शिलान्यास गर्नुभएको छ ।

kp-oli-12

वन तथा भू–संरक्षण मन्त्रालयले आयोजना गरेको शिलान्यास कार्यक्रममा उहाँले सरकारले अहिले नयाँ प्रयोग र सोचका साथ विकास निर्माण कार्यलाई अगाडि बढाएको बताउनुभयो ।

भक्तपुर यसअघि नै खुल्ला सङ्ग्रहालयका रुपमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय प्राणी उद्यानको निर्माणसँगै यसले भक्तपुरलाई वनस्पति र जैविकताको जीवित वासस्थानका अर्को सङ्ग्रहालयका रुपमा समेत चिनाउने विश्वास व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्
LIVE TV