पोखरा, ९ असार । अफगानिस्तानको राजधानी काबुलमा आतङ्कवादी समूहकोे विस्फोटनमा परी मृत्यु भएका पर्वत कार्कीनेटा गाविस वडा नं ६ का नवीनबहादुर क्षेत्री र स्याङ्जाको कोल्मा गाविस वडा नं ५ कल्स्याङ्दीका सुकबहादुर गुरुङको आज पोखरामा अन्तिम संस्कार गरिएको छ ।
पोखरास्थित रामघाटमा क्षेत्री र गुरुङको आ–आफ्नै जातीय संस्कारअनुसार अन्तिम संस्कार गरिएको हो ।
क्षेत्रीलाई उहाँका साहिला भाइ दण्डबहादुरले दागबत्ती दिनुभएको थियो । क्षेत्रीको अन्तिम संस्कारमा सहभागी हुन उहाँका आफन्तहरू रामघाट पुगेका थिए ।
नवीन क्षेत्रीको मृत्युको खबरले उहाँको परिवार र कार्कीनेटावासी सबै शोकमा डुबेको उहाँका छिमेकी माधवप्रसाद शर्माले बताउनुभयो । रासस