९ असार २०७३, बिहीबार

नायक रणवीर सिंह र नायिका दीपीका पादुकोणको जोडी रील र रीयल लाईफ दुवै क्युट छन् । रणवीर र दीपीका राम लीला फिल्मको समय देखिनै एक अर्कासँग डेट गर्दै आईरहेका छन् । तर अहिले सम्म यी जोडीले आफ्नो रीलेशनलाई स्वीकारेका छैनन् ।

ranveer-singh-deepika-padukone_cd0d58d4-9fbc-11e5-b2ec-728a428a3282
अहिले भर्खरै मात्र पनि समाचारमा आईरहेको छ की, यो जोडीको सम्बन्धमा खलबल भइरहेको छ । फिल्म बाजीराव मस्तानी पछि यो जोडी आ आफ्नो काममा निकै ब्यस्त देखिए । यता दीपीका हलिउड फिल्म त्रिपल एक्सः द रीटन्र्स अफ जेण्डर केज तीर लागीन्, भने रणवीर चाही बेफिक्रे फिल्ममा । पछिल्लो समयमा केहि मीडीयाहरुले उनिहरुको ब्रेकअप भएको समाचार पनि दिएका थिए । तर यो जोडी कुनैले पनि ब्रेकअपको बिषयमा रीयाक्ट गरीरहेका छैनन् ।
तर, एक अखबरको अन्तर्वार्तामा दिपीकाले भिनीन्“मैले पहिले पनि यस कुरामा केही भनिन । अहिले पनि केहि भन्न चाहन्न । तर रणवीर सँधै मेरो जीन्दगीका खास हिस्सा रह्यो र पछि सम्म पनि रहनेछ । र यो सत्य कुरा पनि कहिल्यै बदलिने छैन ।”

प्रतिक्रिया दिनुहोस्
LIVE TV