६ असार २०७३, सोमबार

सरकारी कारवाहीले पछिल्लो चार सातामा ८० हजार मानिस विस्थापित ।

इराकको फलुजा शहरमा मानवीय आपतकालिन अवस्था आउन सक्ने खतरा रहेको सहायताकर्मीले बताएका छन् । इराकी सेनाले शहरबाट बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका लडाकुलाई लखेट्ने क्रममा त्यहाँबाट नागरिक पलायन भएका थिए । यसले गर्दा त्यहाँ मानवीय आपतकालिन अवस्था आउन सक्ने संयुक्त राष्ट्रसंघका सहायताकर्मीले बताएका हुन् ।

faluja
सरकारी सेनाले चार हप्तासम्म चलाएको आइएस विरुद्धको कारबाही अभियानको क्रममा ८० हजार भन्दा धेरै मानिस फलुजाबाट बिस्थापित भएको राष्ट्रसंघले जनाएको छ । थप २५ हजार मानिस पनि शहर छोड्ने तयारीमा रहेको राष्ट्रसंघको भनाई छ । फलुजाका बासिन्दा अहिले शहरको बाहिरी भागमा रहेको खुल्ला क्याम्पमा बसिरहेका छन् । खुल्ला क्याम्पमा बसिरहेका नागरिकसम्म अत्यावश्यक सहायता सामग्री पु¥याउन कठिनाइ भइरहेको सहायताकर्मीले बताएका छन् ।
त्यहाँ खाद्यान्न, पानी तथा औषधि जस्ता अत्यावश्यक वस्तुको नै अभाव छ । इराकी सेनाले केही दिनअघि फलुजा शहर आफ्नो नियन्त्रणमा लिन सफल भएको थियो । तर अहिले पनि शहरका केही भागमा भिडन्त जारी छ ।

प्रतिक्रिया दिनुहोस्
LIVE TV