६ असार २०७३, सोमबार

आपूर्तिमन्त्री गणेशमान पुनले १२ फागुनमा धादिङमा एचपी र सुगम ग्यासको निरीक्षण गर्दा सिलिन्डरको हाइड्रोलिक र हाइड्रोस्टेटिक परीक्षण नगरेको भेटिएको थियो । तर, अयोग्य सिलिन्डर नै भरिएर बजार पुगेकाले दुर्घटना भएका छन् । ७ जेठमा पाटनमा एचपीको सिलिन्डर पड्किएर तीनजनाको ज्यान गयो । ३१ वैशाखमा कालिमाटीमा सुगमको सिलिन्डर पड्केर एकको मृत्यु भयो ।

नेपालमा उत्पादन हुने र आयात हुने ग्यास सिलिन्डरको गुणस्तर ‘नेपाल गुणस्तर ऐन’ले तोकेअनुसार नै नियमन भइरहेको छ । ग्यास उद्योगले नयाँ खरिद गरेको सिलिन्डरलाई गुणस्तर विभागले तोकिएको गुणस्तर परिधिभित्र रहेर परीक्षण गर्ने हो ।

gas

तर, उद्योगीले खरिद गरिसकेपछि नियमित रूपमा प्रयोग हुन थालेको सिलिन्डरको जाँच गर्ने र सुरक्षाको विधि अपनाउने परिपाटीको विकास अहिलेसम्म हुन सकेको छैन । उद्योगीले सिलिन्डर कति सुरक्षित छन् भन्ने कुराको नियमन गर्न चासो दिएको पाइँदैन । उद्योगीसँग सिलिन्डरलाई सुरक्षित गर्ने पर्याप्त जनशक्ति र सुविधाहरू पनि रहेको देखिँदैन ।

सिलिन्डरको भल्बको नियमित परीक्षण गर्नुपर्छ । कतिपय ग्यास उद्योगले सिलिन्डरमा बिग्रिएर बसेका तथा ग्यास लिकेज हुने भल्बहरूलाई मर्मत गरेर पुन: अर्को सिलिन्डरमा लगाउने गरेका छन्, यो गलत हो ।

सिलिन्डरमा पुरानो भल्ब फालेर नयाँ प्रयोग गर्नुपर्छ । उद्योगीले पनि गुणस्तरीय भल्बहरू परिवर्तन गरिएको सुनिश्चितता गर्न सक्नुपर्छ । सिलिन्डरमा एकपटक भल्ब लगाएपछि प्रत्येकपटक ग्यास भर्दा लिकेज परीक्षण गरिन्छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

प्रतिक्रिया दिनुहोस्
LIVE TV